काठमाण्डौ । राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स फुटबल क्लबले श्री भगवती क्बललाई हराएको छ । आज त्रिपुरेश्वरको रङ्गशालामा भएको खेलमा फ्रेन्ड्सले भगवतीलाई २–० गोलले पराजित गरेको हो ।
यो जीतसँगै ९ खेलमा ९ अङ्कसहित फ्रेन्ड्स १०औं स्थानमा उक्लिएको छ । समान खेलमा ८ अङ्क जोडेको भगवती १३औं स्थानमा झरेको छ ।
दशरथ रङ्गशालामै भएको दोश्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्लानिङ बोइज युनाइटेडले बराबरी खेलेका छन् । दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । अहिल दशरथ रङ्गशालामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीचको खेल चलिरहेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया