श्रावण ११, २०८३ सोमबार July 27, 2026

सन्तोष बानियाको नयाँ गिती एल्वम ‘चानचुन पैसा’ बजारमा (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दशैँ नजिकिँदै गर्दा बजारमा दशैंसम्बन्धी गीत आउने क्रम बढिरहेको छ । तर यही बीचका कलाकार सन्तोष बानिया भने फरकधारको गीतसहित बजारमा आएका छन् ।

प्रताप दास र मेलिना राईको स्वरमा रहेको ‘चानचुन पैसा’ मा सन्तोष फिचरिङ भएका छन्। उनको साथमा चर्चित कलाकार आकाश श्रेष्ठ र पूजा शर्मा छन्। त्यस्तै गीता ढुंगाना सन्तोषको जोडीका रुपमा उपस्थित छन्।

एसथ्रीके इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन्। गीतमा प्रलाद शाहको शब्द र सुबाश भुसालको संगीत छ भने पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका छन्।

शिशिर श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन नबराज उप्रेतीले गरेका छन्।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया