असार १०, २०८३ बुधबार June 24, 2026

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ

इरानले ४७ वर्षसम्मको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको राष्ट्रपति ट्रम्पको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध ‘चाँडै’ अन्त्य हुने बताउनुभएको छ।

‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र नौसेनालाई नष्ट गर्न र आणविक हतियारको कुनै पनि मार्ग तोड्न आफ्नो युद्धको १२ औँ दिनमा प्रवेश गरिसकेपछि एक्सियोससँगको करिब पाँच मिनेट लामो संक्षिप्त फोन संवादमा ट्रम्पले उक्त टिप्पणी गर्नुभएको हो ।

“कुनै पनि बेला म यो अन्त्य गर्न चाहन्छु, यो छिट्टै अन्त्य हुनेछ,” ट्रम्पले भन्नुभएको छ।

एक्समा पोस्ट गरिएको एक भिडियोमा अमेरिकी केन्द्रीय कमान्डका नेता एडमिरल ब्राड कूपरले भन्नुभयो, “अमेरिकी सेनाले फेब्रुअरी २८ मा तेहरान विरुद्ध अभियान सुरु गरेदेखि इरानमा पाँचहजार ५०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको छ, जसमा ६० भन्दा बढी जहाजहरू पनि रहेका छन् ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले युद्ध ‘राम्रोसँग चलिरहेको’ बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “हामी समय तालिकाभन्दा धेरै अगाडि छौँ । सोचेको मूल छ हप्ताको अवधि भन्दापनि छोटो समयमा भन्दा हामीले बढी क्षति गरेका छौँ।”

इरानले ४७ वर्षसम्मको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

“यो भुक्तानी हो। तिनीहरू त्यति सजिलै बाहिर निस्कने छैनन्,” उहाँले भन्नुभयो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा केन्द्रीय समितिमा नयाँ पुस्ताको दाबी, प्रधानमन्त्रीका सल्लाहकार मैदानमा
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
२०८३ असार १०, बुधबार