चैत्र २७, २०८२ शुक्रबार April 10, 2026

एन्फा राष्ट्रिय लिग : भगवती क्लबले मनाङ मस्र्याङदीलाई १-० गोल अन्तरले हरायो

जितसंगै ११ खेल खेलेको नव जनजागृतिको ४ अंक कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबले मनाङ मस्र्याङदी क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्री भगवतीले मनाङ मस्र्याङदीलाई १–० गोल अन्तरले पराजित गरेको हो। भगवती क्लबको जितमा एकमात्र निर्णायक गोल सीमान्त थापाले खेलको ६३ औं मिनेटमा गरेका थिए।

जितसँगै १२ खेल खेलको श्री भगवतीको १२ अंक भएको छ भने समान खेल खेलेको मनाङको १३ अंक रहेको छ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा नव जनजागृति युवा क्लबले काक्रेबिहार युवा क्लबलाई पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा नव जनजागृतिले काक्रेबिहारलाई २–१ गोल अन्तरले पराजित गरेको हो। जितसंगै ११ खेल खेलेको नव जनजागृतिको ४ अंक भएको छ भने काक्रेबिहार १ अंकका साथ तालिकाका पुछारमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया