असोज २६, २०८३ सोमबार October 12, 2026

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै

हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ। यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो।

सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो।

यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया