काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ले शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन्।
अन्तरिम सरकारको नेतृत्व गरेपछि पहिलोपटक जनकपुरधाम पुगेकी प्रधानमन्त्री कार्की जनकपुरधाम विमानस्थल हुँदै जानकी मन्दिर पुगेकी हुन्। मन्दिरमा पूजाअर्चना गरेपछि उनले त्यहाँका महन्थ र पूजारीसँग भेटघाटसमेत गरिन्।
पूजापश्चात् उनले आफू राजनीति गर्ने व्यक्ति नभएको उल्लेख गर्दै धार्मिक प्रयोजनका लागि मात्र जनकपुरधाम आएको बताइन्। उनको यो भ्रमणलाई धार्मिक तथा सांस्कृतिक महत्त्वको रूपमा हेरिएको छ।
कार्यक्रमअनुसार प्रधानमन्त्री कार्की जनकपुरधामबाट महोत्तरी जानेछिन्। त्यहाँ उनले गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया