असोज २६, २०८३ सोमबार October 12, 2026

भीमफेदीमा पहिरो, कान्ति लोकपथ अवरुद्ध

पहिरो गएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । शुक्रबार अपराह्न भएको वर्षापछि आएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ मा पहिरो खस्दा शुक्रबार साँझ करिब ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो गएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटाइएको छ । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय तह तथा डिभिजन सडक कार्यालयसँग समन्वय गरी अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

उक्त सडक खण्डमा हाल स्तरोन्नति कार्यअन्तर्गत चौडाइ विस्तार र कालोपत्रे गर्ने काम भइरहेको छ । पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया