श्रावण १७, २०८३ आइतबार August 2, 2026

नेपाल रेडक्रसद्वारा सदस्यता वितरण अभियान सुरू

फागुन २५ गतेदेखि थालनी भएको सदस्यता वितरण अभियान यही चैत्र २४ गतेसम्म जारी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ चैत : नेपाल रेडक्रस सोसाइटीले एक महिने सदस्यता वितरण अभियान सुरुआत गरेको छ । सोसाइटीले सूचना जारी गर्दै गत फागुन २५ गतेदेखि थालनी भएको सदस्यता वितरण अभियान यही चैत्र २४ गतेसम्म जारी रहने छ ।

जारी सूचनामा भनिएको छ, “नेपाल रेडक्रसको सदस्यता सदैव खुला रहेको व्यहोरा विदितै छ । यसका अतिरिक्त सोसाइटीको विधान २०२० (अठारौ संशोधन २०८२ सहित) को व्यवस्था र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको २०८२ फागुन २४ गतेको बैठकले गरेको निणर्य वमोजिम सोसाइटीको सदस्यता प्राप्त गर्न इच्छुक नेपाली नागरिकहरूका लागि (युवाको सहभागिता र ३३ प्रतिशत महिला सुनिश्चित गर्न समेत) यस सोसाइटीद्वारा सदस्यता वितरण अभियान २०८२ फागुन २५ गतेदेखि २०८२ चैत्र २४ गतेसम्म (एकमहिनाको लागि) सञ्चालन भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ । ”

सूचनामा रेडक्रस अभियानका सिद्धान्त, मूल्य मान्यता, र आदर्शलाई आत्मसात् गर्दै विधानमा उल्लेखित प्रक्रिया र तोकिएको शुल्क बुझाई सदस्यता लिन इच्छुक व्यक्तिहरूले आफूलाई पायकपर्ने पालिका तहमा पालिका शाखा, जिल्ला तहमा जिल्ला शाखाका अतिरिक्त प्रदेश तहमा प्रदेश कार्यालय र केन्द्रीय तहमा केन्द्रीय कार्यालयबाट समेत सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ ।

सूचनामा भनिएको छ, “सम्पर्कका लागि नेपाल रेडक्रस सोसाइटीका पालिका तहका उपशाखाका सभापति वा सचिवहरू, ७७ वटै जिल्ला शाखाका सभापति वा मन्त्रीहरू, सात वटै प्रदेश कार्यालयका अध्यक्ष वा महासचिवहरू र केन्द्रीय कार्यालयमा महामन्त्रीसँग सम्पर्क गर्न सकिनेछ । थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटीको वेभसाइट www.nrcs.org हेर्नुहुन वा निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिन छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार