मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

शान्ति म्याराथन उपाधि आर्मीका रोकायलाई

प्रतियोगिताका प्रथम हुनेलाई रु ३ लाख ५० हजार, दोस्रो हुनेलाई रु २ लाख ५० हजार र तेस्रो हुनेलाई रु १ लाख ५० हजार पुरस्कार प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लुम्बिनी, ७ चैत: लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन्। उनले ४२ किलोमिटरको दुरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन्।

नेपाल ओलम्पिक कमिटीको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावास र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै शुशिल कुमार शाहीले २ घन्टा १८ मिनेट १६ सेकेन्डमा दौड पूरा गरी हात पारेका छन्। तेस्रो स्थान आर्मीका धावक नरेन्द्र सिंह राउतले प्राप्त गरेका छन्।

प्रतियोगिताको चौथो स्थान चिनियाँ धावक वाङ चीले २ घन्टा २१ मिनेट ५ सेकेन्डमा, पाँचौं स्थान केन्याका धावक जुलियस मुुरेयुकी वाहमले २ घन्टा २३ मिनेटमा दौड पूरा गरी प्राप्त गरेका छन्।

२१ किलोमिटर हाफ म्याराथनमा पहिलो स्थान त्रिभुवन आर्मीकी पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा १७ मिनेट १० सेकेन्डमा, दोस्रो स्थान धादिङकी सन्तोषी श्रेष्ठले १ घन्टा १८ मिनेट ४० सेकेन्डमा, तेस्रो स्थान आर्मीकी निशा सार्किले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा हासिल गरेकी छन्। चौथो स्थान आर्मीकी सुनसरी रोकायाले १ घन्टा २१ मिनेट ४६ सेकेन्डमा, पाँचौं स्थान चिनियाँ धाविका रुवान सियाङले १ घन्टा २२ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेकी छन्।

प्रतियोगिताका प्रथम हुनेलाई रु ३ लाख ५० हजार, दोस्रो हुनेलाई रु २ लाख ५० हजार र तेस्रो हुनेलाई रु १ लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो।

त्यसअघि नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनलगायतले पाँच किलोमिटरको ‘वाकथ्रु’ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार