असार १०, २०८३ बुधबार June 24, 2026

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

जापानलाई सुरक्षित मार्ग सुनिश्चित गर्न इरान तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो। तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेश मन्त्री अब्बास अराघचीले बताउनुभएको छ।

जापान मध्य पूर्वबाट कच्चा तेल आयातमा निर्भर छ, जसमध्ये अधिकांश खाडीमा अवस्थित स्ट्रेट अफ हर्मुज पार गरेर आपूर्ति हुन्छ ।

अमेरिका–इजरायली आक्रमणपछि इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ, जसले यो मार्ग प्रयोग गरी आउने पानीजहाजमा निर्भर देशहरूलाई वैकल्पिक मार्गहरू र भण्डार खर्च गर्न बाध्य पारेको छ।

क्योदो न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा अराघचीले यो मार्ग बन्द भएको अस्वीकार गर्दै इरानमाथि आक्रमण गर्ने देशहरूले प्रतिबन्धको सामना गर्नुपर्नेमा जोड दिनुभयो । अन्यलाई सहयोग प्रस्ताव गरिएको थियो।

“हामीले यो स्ट्रेट बन्द गरेका छैनौं। हाम्रो दृष्टिकोणबाट, स्ट्रेट खुला छ,” अराघचीले शनिबार आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको अन्तर्वातामा भन्नुभएको छ।

उहाँले भन्नुभयो, “यो केवल हाम्रा शत्रुहरूको जहाजहरूको लागि बन्द छ, जुन देशहरूले हामीलाई आक्रमण गर्छन्। अन्य देशहरूका जहाजहरू स्ट्रेट हुँदै जान सक्छन्।”

उहाँले जापानलाई सुरक्षित मार्ग सुनिश्चित गर्न इरान तयार रहेको बताउनुभयो ।

“उनीहरूले हामीलाई सम्पर्क गर्न आवश्यक छ ताकि हामी यो ट्रान्जिट कसरी हुन सक्छ भनेर छलफल गर्न सक्छौँ,” अराघचीले थप्नुभयो ।

विश्वको चौथो वरियताको अर्थतन्त्र जापान तेलको पाँचौँ ठूलो आयातकर्ता हो, जसमध्ये ९५ प्रतिशत मध्य पूर्वबाट र ७० प्रतिशत स्ट्रेट अफ हर्मुज हुँदै आएको छ ।

टोकियोले गत सोमबार भनेको थियो, “जापानले आफ्नो रणनीतिक तेल भण्डार प्रयोग गर्न सुरु गर्दैछ, जुन विश्वको सबैभन्दा ठूलो भण्डार हो।”

जापानसँग सामान्य अवस्थामा उसका लागि आवश्यक पर्ने २५४ दिनको घरेलु उपभोगको सञ्चिति छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्यहरू मार्च ११ मा मध्य पूर्वमा युद्धको कारण मूल्यमा भएको वृद्धिलाई कम गर्न तेलको भण्डार प्रयोग गर्न सहमत भएका थिए । यो यस प्रकारको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिक्रिया हो। रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया