श्रावण १७, २०८३ आइतबार August 2, 2026

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

खोप अभियानको आवश्यक तयारी गर्न ती जिल्लामा निर्देशन र स्वास्थ्यकर्मीलाई पनि तालिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ चैतः सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

गत माघ महिनामा हिउँ परेका र विद्यालय सञ्चालन हुन नसकेका डोल्पा, हुम्ला, जुम्ला तथा मनाङमा खोप अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप अभियानको आवश्यक तयारी गर्न ती जिल्लामा निर्देशन र स्वास्थ्यकर्मीलाई पनि तालिम दिइसकिएको छ ।

गत माघ २५ देखि फागुन १५ गतेसम्म कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइएको थियो । यसैगरी, कक्षा ७ देखि १० सम्मका बालबालिका तथा ११ देखि १४ वर्षका विद्यालय नजाने किशोरीलाई पनि खोप लगाइएको थियो ।

खोप शाखा प्रमुख डा गौतमले अभियानका क्रममा ७३ जिल्लाका तीन लाख २३ जना किशोरीलाई एचपिभी खोप लगाइएको बताउनुभयो । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले सरकारले त्यसविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार