श्रावण १७, २०८३ आइतबार August 2, 2026

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

नसर्ने रोगको खोजपड्तालकै क्रममा यहाँका चार जना बासिन्दामा कालाजार र छ जनामा क्षयरोग भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन ।

समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्याजस्ता नसर्ने रोगका लक्षणहरू देखिएका हुन् ।

स्वास्थ्य परीक्षणका लागि नआएका र गाउँ समाजमा आफ्नै काममा व्यस्त रहेका मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिनुभयो ।

मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नै नगराइ बसेका मानिससमेत भेटिएको र उनीहरूलाई परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताउनुभयो । “न्यूनतम १२ प्रतिशत स्वस्थ देखिने मानिसहरूमा नसर्ने रोगका लक्षण फेलापरेका छन्”, घिमिरेले भन्नुभयो, “हामीले गत वर्षदेखि नै नसर्ने रोग पहिचानको अभियान चलाइरहेका छौँ । जसमा उल्लेख्य मात्रामा बिरामी भेटिने गर्नुभएको छ ।”

यहाँका स्वास्थ्य संस्थाहरूले विवाह, भोजभतेरजस्ता सामाजिक तथा धार्मिक कार्यक्रममा पनि सहभागीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेका छन । मानिसहरू ठूलो स्वास्थ्य समस्या भएपछि मात्रै उपचारका लागि आउने र यो अवस्थासम्म धेरै ढिला भइसकेको हुने देखिएकाले खोजपड्ताल कार्यक्रम चलाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नै मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ‘सेटलाइट क्लिनिक’ सञ्चालन गर्ने व्यवस्था गरी स्थानीय स्वास्थ्य संस्थाको पहुँचमा नरहेका व्यक्तिहरूलाई प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनका साधनको प्रयोगलगायत विषयमा जानकारी गराउँदै आएको छ । यो कार्यक्रम यहाँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

नसर्ने रोगको खोजपड्तालकै क्रममा यहाँका चार जना बासिन्दामा कालाजार र छ जनामा क्षयरोग फेलापरेको छ । सामान्यतया जालाजारको सङ्क्रमण पहाडी क्षेत्रमा विरलै हुने भए पनि यहाँ चार जना बिरामी फेला परेपछि स्वास्थ्य संस्थामार्फत सचेतनाका कार्यक्रमलाई विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।

यस्तै क्षयरोगका बिरामीलाई नियमित औषधि सेवनमार्फत निको पार्न र अन्य बिरामीको पहिचानका लागि खोजपड्ताल कार्यक्रमलाई निरन्तरता दिइएको घिमिरेको भनाइ छ । खोजपड्ताल कार्यक्रमले आगामी दिनमा बजेट विनियोजन तथा औषधि खरिद गर्न सहज भएको र सम्बन्धित बिरामी रोगबाट जटिल अवस्थामा पुग्नबाट बचेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले खोज र खोप अभियानअन्तर्गत धेरै बिरामी फेला पर्ने गरेका कारण खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहित गरिएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार