मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

रियल मड्रिडको शानदार कमब्याक : एट्लेटिको मड्रिड ३–२ ले पराजित

जितसँगै रियलले बार्सिलोना सँगको दूरी चार अंकमा झार्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भिनिसियस जुनियर को दुई गोलको मद्दतमा रियल मड्रिड ले शहर प्रतिद्वन्द्वी एट्लेटिको मड्रिड लाई ३–२ ले हराउँदै ला लिगामा शीर्ष स्थानको दौड झन् रोमाञ्चक बनाएको छ। यस जितसँगै रियलले बार्सिलोना सँगको दूरी चार अंकमा झारेको छ।

खेलको पहिलो हाफमा एट्लेटिकोले अग्रता लिएको थियो। अदेमोला लुकम्यान ले जुलियानो सिमेओने को पासमा गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए। तर दोस्रो हाफमा रियलले पुनरागमन गर्दै खेलको गति आफ्नो पक्षमा ल्यायो।

रियलका लागि बराबरी गोल पेनाल्टीमार्फत भिनिसियसले गरेका थिए भने त्यसपछि फेडेरिको भाल्भेर्डे ले गोल गर्दै टोलीलाई अग्रता दिलाए। एट्लेटिकोका नाहुएल मोलिना ले शानदार प्रहारमार्फत खेल २–२ मा पुर्‍याए पनि अन्ततः भिनिसियसले निर्णायक गोल गर्दै रियललाई जित दिलाए।

खेलको अन्त्यतिर भाल्भेर्डेले रातो कार्ड पाएपछि रियल दबाबमा परेको थियो। जुलियन अल्भारेज को प्रहार पोस्टमा लागेर फर्किएपछि रियलले राहत पायो र अन्ततः खेल आफ्नो पक्षमा पार्‍यो। यस जितसँगै ला लिगा उपाधि दौड अझ प्रतिस्पर्धात्मक बनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार