श्रावण १७, २०८३ आइतबार August 2, 2026

तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा

१४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), ९ चैतः तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ३१८ क्षयरोगी भेटिएका थिए । त्यसमध्ये १३ जनाको मृत्यु भएको थियो । उहाँका अनुसार नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने दर ९१ प्रतिशत रहेको छ ।

त्यसैगरी आव २०८०/८१मा जिल्लामा ३२५ क्षयरोगी भेटिएका थिए । आव २०७९/८० मा २८५ क्षयरोगका बिरामी भेटिएका थिए । जिल्लास्थित १११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार हुने गरेको छ । कँडेलका अनुसार १४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार