श्रावण १७, २०८३ आइतबार August 2, 2026

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएसँगै बिरामीले कम खर्चमै जिल्ला अस्पतालमा नै यो सेवा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी। जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको छ ।

दोगडाकेदार गाउँपालिका-३ का पुरुषको घुडामुनिको दुवै हड्डीको सानो चिराबाट हाडजोर्नीको जटिल शल्यक्रिया सफल भएसँगै उक्त सेवा सुरु भएको हो ।

सानो चिरा (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेसन विथ आइएमआइएल नेलिङ) पारेर गरिने शल्यक्रिया सफल भएको हो । सानो चिरा पारेर गरिने शल्यक्रिया यहाँका लागि पहिलो शल्यक्रिया भएको जिल्ला अस्पतालका चिकित्सक अरविन्द जोशीले जानकारी दिनुभयो । “हामीले हाडजोर्नीको जटिल शल्यक्रिया अस्पतालमा गर्न सफल भएका छौँ । यसले यहाँका सेवाग्राहीलाई सहज हुने भएको छ”, उहाँले भन्नुभयो ।

यसअघि हाडजोर्नी रड राखेर मात्रै शल्यक्रिया गरिने जनाउँदै उहाँले सानो चिराबाट शल्यक्रिया गर्न सकिने डा जोशीले बताउनुभयो । हाडजोर्नी विषेशज्ञ डा दीपेन्द्र भण्डारी र जनरल फिजिसियन जोशीलगायत टोलीले उक्त शल्यक्रिया गरेका हुन् । हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएसँगै बिरामीले कम खर्चमै जिल्ला अस्पतालमा नै यो सेवा पाउने छन् ।

जिल्ला अस्पतालमा चार जना विशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत रहेका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार