मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राखेपद्वारा एन्फालाई २४ घण्टाभित्र स्पष्टीकरण सहित अल्टिमेटम

एन्फाबाट २४ घण्टाभित्र सन्तोषजनक जवाफ नआए थप प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत १० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिबिना यही १३ गते केन्द्रीय निर्वाचन गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई राखेपले मङ्गलबार पुन: २४ घण्टाभित्र कारणसहितको स्पस्टीकरण माग गर्दै पत्र काटेको छ ।

यसअघि राखेपको निर्देशनलाई अटेर गर्दै एन्फाले तय भएको निर्वाचन स्थगित गर्न नसकिने भन्दै राखेपलाई पत्राचार गरेको थियो । एन्फाले राखेपलाई आइतबार लेखेको पत्रमा आफ्नो निर्वाचन राखेपले भनेजस्तो विधानविपरित नभएको उल्लेख गर्दै कुनैपनि हालतमा निर्वाचन स्थगित गर्न नसक्नेसमेत उल्लेख गरेको थियो ।

दुई दिनपछि मङ्गलबार राखेपले एन्फालाई २४ घण्टाभित्र विस्तृत स्पष्टिकरण माग गरेको हो । राखेपको पत्रमा एन्फालाई आवश्यक कागजात, निर्णयको आधार र प्रक्रियागत स्पष्टतासमेत समावेश गर्न निर्देशन दिएको छ ।

यदि एन्फाबाट २४ घण्टाभित्र सन्तोषजनक जवाफ नआए थप प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी पनि राखेपले दिएको छ ।

पंकज विक्रम नेम्वाङको अध्यक्षतामा रहेको एन्फाले क्लब र जिल्लाको तहगत निर्वाचन नगरी एक्कासी ‘अर्ली इलेक्सन’को नाममा पुरानै प्रतिधिलाई सामेल गराएर निर्वाचन गर्न लागेको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् ।

एन्फाको निर्वाचनको विषयमा उच्च अदालतमासमेत मुद्धा चलिरहेको छ । एन्फाले भने मङ्गलबारदेखि नै सातदोवाटस्थित मुख्यालय निर्वाचनका लागि बन्द भएको सुचना निकालेको छ । एन्फाको निर्वाचन झापामा हुँदैछ । झापा अभ्यक्ष नेम्वाङको गृहजिल्ला पनि हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार