मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

खुला पुरुष भलिबल प्रतियोगिता सुरु

विजेताले नगद ३ लाख नगद तथा द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ (गलकोट) चैत ११ गते । चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रुपमा रहेको खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । चैत्राष्टमी मेलाको उद्घाटनसँगै भलिबल प्रतियोगिताको पनि उद्घाटन गरिएको हो ।

भलिबल प्रतियोगिताको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भलिबलका राष्ट्रिय रेफ्री प्रज्वल मल्ललाई भलिबल हस्तान्तरण र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले सर्भिस प्रहार गरेर उद्घाटन गर्नुभएको थियो ।

भिमापोखरा खेलकुद विकास समिति काठेखोला र धौलागिरी मोबाई पसल बेनी म्याग्दीबिचमा भएको उद्घाटन खेल भिमापोखरा खेलकुद विकास समितिले जितेको छ ।

भिमपोखराले बेनीलाई ३—१ मा जितेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको भिमापोखराले तेस्रो सेट गुमाउँदा चौथो सेट आफ्नो पक्षमा पार्दै उद्घाटन खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ । महिलो भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउने छन् ।

महिला भलिबलमा पनि विद्यागत रुमा उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भइरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ । पुरुष भलिबल प्रतियोगितामा १० समूहको सहभागिता रहेको छ । मेलाको अवसरमा छेलो प्रतियोगिता पनि आयोजना गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार