श्रावण १७, २०८३ आइतबार August 2, 2026

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण गर्ने संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ११ चैतः चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ । नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन् । तीमध्ये चार जना चार वर्षमुनिका छन् ।

जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता पाँच हजार ३८२ जनाको परीक्षण गरिएकामा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जसमध्ये २८७ जनामा नसर्ने र ३३६ जना सर्ने खालको क्षयरोग भएको भेटिएको छ । सङ्क्रमितमध्ये सात जनालाई औषधिले काम नगर्ने खालको क्षयरोग भेटिएको छ ।

सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण गर्ने संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका छन् । क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा २८ वटा ‘माइक्रोस्कोप’ र चारवटा ‘जिन एक्स्पर्ट’ गर्ने संस्था छन् । माइक्रोस्कोपबाट तीन हजार ८१ जनाको परीक्षण गरिएकामा १४३ जनामा सङ्क्रमित भेटिएको थियो । यस्तै जिन एक्स्पर्टबाट दुई हजार ३०१ जनाको परीक्षण गर्दा ३०७ जनामा क्षयरोग सङ्क्रमित देखिएको उहाँले बताउनुभयो । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये २३५ महिला र ३८८ जना पुरुष रहेका छन् ।

गत आर्थिक वर्षमा एक हजार ८९ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको थियो । सङ्क्रमितमध्ये २२ जनाको क्षयरोगका कारण मृत्यु भएको थियो । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो । यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो । रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ ।

मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको ब्याक्टेरियाले सङ्क्रमण भई गम्भीर समस्या निम्त्याउने उहाँले बताउनुभयो । रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

यो रोग लागेमा सूर्ति मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छाड्ने गर्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छदेखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समय–समयमा परीक्षण गर्न उहाँ सुझाउनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार