श्रावण १७, २०८३ आइतबार August 2, 2026

सुनसरीमा बर्ड फ्लू पुष्टि

अण्डा तथा दाना ढुवानी गर्ने सवारीसाधनबाट सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी), चैत ११ गते । सुनसरीका विभिन्न ठाउँमा बर्ड फ्लू पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकाका छ वटा तथा दुहवी नगरपालिका र गढी गाउँपालिकाका एकरएक गरी जिल्लाका आठ वटा कृषि फार्ममा बर्ड फ्लू सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा सुनसरीका प्रमुख डा मनोजकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको छ । यस्तै, गढी गाउँपालिका–५ को सञ्जित कृषि फार्ममा ४२१, इटहरी–११ को आलम कृषि फार्ममा ५५०, इटहरी–१८ को रानी कृषि फार्ममा एक हजार ९३० (लेयर्स र गिरिराज) तथा इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा नष्ट गरिएको छ ।

यसैगरी, इटहरी–१९ को प्रभु कृषि फार्म, दुहवीस्थित सुनसरी कृषि फार्म र इटहरी–१८ को साझा ह्याचरीमा पनि सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण नियन्त्रणका लागि पक्षीजन्य वस्तुको आयातनिर्यातमा नियन्त्रण गरिएको र प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको डा महतोले जानकारी दिनुभयो । हालसम्म फार्म सञ्चालकले बाह्य आयात नगरेको बताए पनि अण्डा तथा दाना ढुवानी गर्ने सवारीसाधनबाट सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार