मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज दक्षिण अफ्रिकाको पोल्टामा

दक्षिण अफ्रिकाले जित्यो न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । दक्षिण अफ्रिकाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज जितेको छ । सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रीकाले न्यूजील्याण्डलाई ३३ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि बेभोन क्याकब्सले सर्बाधिक ३६ रन बनाएका थिए भने टिम रोबिनसनले २५ र जिम्मी निशामले २४ रन बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर गेराल्ड कोएटजी, विआन मुल्डर र ओटनेइल बार्टम्यानले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउदै १८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कोन्नोर इस्टरहुइजेनले सर्बाधिक ७५ रन बनाएका थिए भने रुबिन हेर्मनले ३९ रन बनाएका थिए ।

यस सिरिजमा दक्षिण अफ्रिकाले शुरुका दुई खेल जितेको थियो भने त्यसपछिका दुई खेल न्यूजील्याण्डले जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार