बैसाख २१, २०८३ सोमबार May 4, 2026

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, १२ चैतः दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्याको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गर्दै छानबिनका लागि आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन मागसहित बुधबार ज्ञापनपत्र प्राप्त भएको बताउनुभयो ।

गत भदौ ३० गते साँझ पञ्चमी बजारमा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनको ह्याकुलेस्थित रमिते भन्ने स्थानमा बीभत्स हत्या गरेको अवस्थामा सोही राति शव फेला परेको थियो । प्रारम्भिक तथ्यहरूले रेश्मिकालाई सामूहिक बलात्कारपछि हत्या गरेको प्रमाण हुँदाहुँदै पनि हालसम्म अभियुक्तहरूलाई पक्राउ नगरेको पीडित परिवार तथा दलित अधिकारकर्मीहरूले आरोप लगाउँदै आएका छन् ।

ज्ञापनपत्रमा घटनामा संलग्न व्यक्तिहरू समाजमा खुलेआम हिँडिरहेकाले पीडित परिवारले असुरक्षा महसुस गरेको भन्दै उनीहरूलाई तत्काल शान्तिसुरक्षा प्रदान गर्न ध्यानाकर्षण गरिएको संयुक्त दलित सङ्घर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालले बताउनुभयो ।

दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले बलात्कारपछि हत्याजस्तो जघन्य घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धानका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी कुनै पनि दबाब वा प्रभावबिना सत्यतथ्य सार्वजनिक गर्न सरकारसमक्ष माग गरिएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
२०८३ बैसाख २१, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ बैसाख २१, सोमबार
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार