असार १०, २०८३ बुधबार June 24, 2026

इजरायली आक्रमणमा इरानी नौसेना कमान्डर मारिए

इरानमा आक्रमणपछि क्षेत्र सुरक्षित भएको अमेरिकाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन। अमेरिकी सेनाले बिहीबार इजरायली हवाई आक्रमणमा इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डर मारिएको बताएको छ ।

“इरानी नौसेना कमाण्डरको मृत्युले मध्यपूर्वलगायत समग्र खाडी क्षेत्रलाई थप सुरक्षित बनाएको छ,” अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कूपरले भन्नुभयो।

उहाँले भन्नुभयो, “आइआरजिसीको नौसेनामा सेवा गर्ने प्रत्येक इरानीले ‘अनावश्यक चोट वा मृत्युको थप जोखिमबाट बच्न आफ्नो पद छोड्नु पर्छ र घर फर्कनु पर्छ।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही निर्धारित समयभन्दा अगावै आफ्नो उद्देश्य प्राप्ति गर्न सफल भएको बताउनुभएको छ।

“हाम्रो अभियान सफल पार्न हामीले लगभग चारदेखि छ हप्ता लाग्ने अनुमान गरेका थियौँ । आक्रमणको छब्बीस दिनपछि नै हामी निर्धारित लक्ष्यभन्दा धेरै अगाडि पुगेका छौँ,” ट्रम्पले द्वन्द्व सुरु भएपछिको आफ्नो पहिलो क्याबिनेट बैठकमा भन्नुभयो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया