असार ११, २०८३ बिहिबार June 25, 2026

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सुकसल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ चैत : आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको राससलाई जानकारी दिनुभयो । क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उहाँले बताउनुभयो ।

दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ । प्रबन्ध निर्देशक लामिछानेले सुरक्षित भेटिएको उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्कने बताउनुभयो । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया