असार २, २०८३ मंगलबार June 16, 2026

अर्जेन्टिना संसदमा बहस चलिरहंदा प्रेमिकाको यौनांग चुमे सांसदले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना संक्रमणको महामारीका कारण धेरै कामहरु भर्चुअल अर्थात अनलाइन प्रविधिबाट भैरहेका छन् । विभिन्न कार्यक्रमहरु भर्चुअल प्रविधिबाटै आयोजना गर्ने क्रम बढ्दो छ । तर यसबाट केही विकृतिहरु पनि बढेका छन ।

कम्प्युटरमा जडित क्यामेराकै अगाडि मानिसहरु आपत्तिजनक अवस्थामा देखिने र रेकर्ड हुने अवस्था सिर्जना हुँदा विकृति बढेको हो । यस्तै एउटा घटना अर्जेन्टिनामा भएको छ ।
अर्जेन्टिनका एक सांसद जुआन एमिलियो अनलाइनमा गरिएको संसदको बहसमा सहभागी भैरहेका थिए । त्यसबेला उनलाई आफ्नी प्रेमिकाको स्तनको टुप्पोमा चुम्बन गरेको देखियो । यो घटनालाई आम नागरिकले सरकारको युट्युब च्यानलमा प्रशारण भैरहेको देखे ।
यो भर्चुअल बहसको प्रत्यक्ष प्रशारण संसदमा रहेको टेलिभिजन स्क्रिनमा पनि भैरहेको थियो । यो घटनापछि सांसद जुआनले माफी माग्दै आफ्नो सफाई दिएका थिए । तर संसदमा हंगामा सुरु भएपछि उनले राजीनामा दिनुपर्यो ।

जुआनले आफ्नो सफाइका क्रममा इन्टरनेटको जडानमा खराबीका कारण यस्तो घटना भएको बताएका छन । जुआनले भने, “उनको हालै मात्र स्तनको अप्रेसन भएको थियो । उनी कोठा भित्र पस्ने बेला संसदको मिटिङ सकिएर क्यामेरा बन्द भए जस्तो मलाई लागेको थियो । त्यसपछि मैले अप्रेशन गरिएको ठाउँ हेरेको हुँ ।”

अर्जेन्टिनी कंग्रेसको तल्लो सदनले यस खाले गैर जिम्मेवारपूर्ण घटनालाई स्विकार्न नसकिने भन्दै जुआन एमिलियोलाई पदबाट हटाइएको जनाएको छ । तल्लो सदनका अध्यक्ष सर्जियो मस्साले आदेश दिएपछि जुआन गत विहीबार राजीनामा दिन बाध्य भएको डेलीमेलले जनाएको छ ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । संसदीय बहस चलिरहेका बेला सांसद जुआन एमिलियोकी प्रेमिका उनको काखमा बसेको भिडियोमा पनि देख्न सकिन्छ । नागरिकखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता
२०८३ असार १, सोमबार
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
२०८३ असार १, सोमबार
गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा
२०८३ असार १, सोमबार
कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा
२०८३ असार १, सोमबार
कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत
२०८३ असार १, सोमबार