मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राफिन्हा पाँच साता खेल्न नसक्ने, बार्सिलोनालाई ठुलो झट्का

यस चोटले बार्सिलोनाको आगामी खेल तालिकामा ठूलो असर पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सिजनको महत्वपूर्ण चरणमा बार्सिलोनालाई ठूलो झट्का लागेको छ । ब्राजिलका विंगर राफिन्हा चोटका कारण पाँच साता मैदान बाहिर भएसँगै बार्सिलोनालाई ठुलो झट्का लागेको हो ।

फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलमा २–१ ले पराजित हुँदा उनले मांसपेशीमा समस्या महसुस गरेका थिए । त्यसपछि गरिएको परीक्षणमा चोट पुष्टि भएपछि उनलाई टोलीबाट फिर्ता पठाइएको हो ।

ब्राजिल फुटबल महासंघले राफिन्हाको इन्जुरी बारे जानकारी दिँदै राफिन्हा र वेस्ली दुवै खेलाडीलाई प्रशिक्षक कार्लो एन्सेलोट्टीले टोलीबाट हटाएको जनाएको छ । दुवैले खेलका क्रममा दाहिने तिघ्राको पछिल्लो भागमा दुखाइ महसुस गरेका थिए । परीक्षणपछि मांसपेशीमा चोट देखिएकाले उनीहरूलाई उपचारका लागि फिर्ता पठाइएको महासंघले स्पष्ट पारेको छ ।

बोस्टनमा भएको उक्त खेलमा राफिन्हा सुरुआती रोजाइमा रहेका थिए । सुरुमा सामान्य समस्या मानिए पनि पछि गरिएको परीक्षणले चोट गम्भीर रहेको देखाएको हो । चिकित्सकको सल्लाह अनुसार उनी करिब पाँच हप्ता मैदान बाहिर रहने अनुमान गरिएको छ ।

यस चोटले बार्सिलोनाको आगामी खेल तालिकामा ठूलो असर पर्ने देखिएको छ । अब उनले कम्तिमा पनि एट्लेटिको मड्रिडविरुद्धको खेल, च्याम्पियन्स लिगको क्वाटरफाइनलका दुवै लिग तथा एस्पानियोलविरुद्धको कटालान डर्बी गुमाउनेछन् ।

एकै समयमा विभिन्न प्रतियोगितामा उपाधि होडमा रहेको बार्सिलोनाका लागि राफिन्हाको अनुपस्थिति ठूलो धक्का मानिएको छ । प्रशिक्षक हान्सी फ्लिकको योजनामा यसले प्रभाव पार्ने निश्चित देखिएको छ । एभरेष्ट न्यूज एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार