श्रावण १७, २०८३ आइतबार August 2, 2026

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

मङ्गलटार नाकामा प्राविधिक जनशक्ति थपेर परीक्षणलाई कडाइका साथ लागू गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक। बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभे्र र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाइने भएको छ। यसबारे सरोकारवालाले छलफल गरी परीक्षण तथा निगरानी बढाउन प्रशासनलाई सुझाव दिँदै दुई जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून रहने बताएका छन्।

जिल्ला पशुसेवा कार्यालय धुलिखेलले काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउने निर्णयसमेत गरेको छ। देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको हो।

यस्तै कार्यालयले दुई जिल्लास्थित सीमानाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पन्छी पालिने फार्महरूको नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ। विशेषगरी तराई क्षेत्रबाट काभ्रेपलाञ्चोक प्रवेश गर्ने मुख्य नाका मङ्गलटारमा कडाइका साथ जाँच गरिनेछ।

साथै राजधानीको पूर्वीनाका साँगा तथा नालालगायत काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जाने नाकाहरूमा पनि निगरानी बढाइने छ। यससँगै बर्डफ्लु रोगको जोखिम र त्यसका असरबारे चेतनामूलक एवं प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मङ्गलटार नाकामा प्राविधिक जनशक्ति थपेर परीक्षणलाई कडाइका साथ लागू गरिने बताए। उनका अनुसार पूर्वी क्षेत्रबाट आउने कुखुराको नमूना तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइनेछ। पशु कार्यालय प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोग प्रवेश हुन नदिन कार्यालयले अन्य निकायसँग पनि समन्वय गरी आवश्यक तयारी गरिरहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार