श्रावण २४, २०८३ आइतबार August 9, 2026

सामसङको नि:शुल्क टिभी एप अब ग्यालेक्सी फोनमा पनि उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अब तपाईंले सामसङको नि:शुल्क टिभी सेवा लिन सामसङ टेलिभिजन किन्नुपर्दैन । सामसङले आफ्नो टिभी प्लस एपको एन्ड्रोइड भर्सन केही ग्यालेक्सी फोनहरुका लागि सार्वजनिक गरेको छ ।

सामसङले ग्यालेक्सी स्टोर र गुगल प्ले दुवैमा आफ्नो एप सार्वजनिक गरेको हो । ठूलो टिभी स्क्रिनमा जस्तै मोबाइल एपमा समेत प्रयोगकर्ताहरुले सयौं घण्टासम्म अन डिमाण्ड टिभी शाे र १३५ च्यानलहरुबाट फिल्म हेर्न सक्छन् । यसमा बालबालिकालाई नौवटा च्यानल छन् ।

च्यानल स्ट्रिमिङ गर्नलाई तपाईंलाई हाई-ईण्ड फोनको आवश्यकता पर्दछ । टिभी प्लस सामसङको ग्यालेक्सी एस टेन, नोट टेन, एस ट्वान्टी र नोट ट्वान्टीमा उपलब्ध छ ।

तपाई सस्तो फोन प्रयोग गर्नुहुन्छ भने टिभीको क्वालिटीलाई तपाईको डिभाइसले सपोर्ट गर्न सक्दैन । सामसङले टिभी प्लस २०१५ मा ल्याएको थियो । महामारीको समयमा मानिसहरु भिडियो स्ट्रिमिङतिर आकर्षित भइरहेको अवस्थामा सामसङले आफ्नो सेवा नि:शुल्क उपलब्ध गराएको हो ।

सामसङको यो सेवा विज्ञापन सपोर्ट सेवा हो । तर कम्पनीले आफ्नो सेवा मोबाइल एपमा मात्र किन सार्वजनिक गरेको हो भन्ने विषयमा केही बताएको छैन । टेकपाना 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओली–प्रचण्ड सहमतिअनुसार प्रदेशमा अझै बनेनन् सरकार : कतै कांग्रेस बाधक, कतै पुगेन गणित
२०८३ श्रावण २४, आइतबार
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार