काठमाडौं । नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। बुधबार माल्दिभ्सको मालेस्थित नेशनल फुटबल रंगशालामा भएको खेलमा बंगलादेश यू–२० सँग १–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
खेलको सुरुवाती समयमै बंगलादेशले अग्रता लिएको थियो। खेलको ११ औँ मिनेटमा एमडी मानिकले गरेको गोल नै खेलको निर्णायक बन्यो। उक्त गोलपछि नेपालले बराबरीका लागि निरन्तर प्रयास गरे पनि गोल फर्काउन असफल रह्यो।
पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरेको थियो। केही अवसर सिर्जना गरे पनि नेपाली टोलीले ती मौकालाई गोलमा परिणत गर्न सकेन। बंगलादेशले भने रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउन सफल भयो।
यस जितसँगै बंगलादेश यू–२० फाइनलमा प्रवेश गरेको छ भने नेपाल अन्तिम चारमै सीमित भएको छ। प्रतियोगितामा नेपालको प्रदर्शन समग्रमा सन्तोषजनक रहे पनि सेमिफाइनलमा लक्ष्य हासिल गर्न नसक्दा उपाधि यात्रामा पूर्णविराम लागेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया