असार ३०, २०८३ मंगलबार July 14, 2026

आईपीएलः लखनऊलाई ६ विकेटले हराउँदै दिल्लीको विजयी सुरुआत

जितसँगै दिल्लीले अंक तालिकामा महत्वपूर्ण सुरुआत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएल २०२६  मा आफ्नो पहिलो जित दर्ता गरेको छ। लखनऊको इकाना स्टेडियममा बुधबार भएको खेलमा दिल्लीले १४२ रनको लक्ष्य १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा दिल्लीको सुरुवात कमजोर रह्यो। के एल राहुल शून्यमै आउट हुँदा टोलीले २६ रनमै ४ विकेट गुमाएको थियो। त्यसपछि समीर रिजवी र ट्रिस्टन स्टब्सले पाँचौं विकेटका लागि ११९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जित दिलाए। रिजवी ७० रनमा अविजित रहे भने स्टब्सले ३९ रन जोडे।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो। कप्तान रिशभ पन्त चाँडै आउट भएपछि टोली दबाबमा परेको थियो। मिचेल मार्शले ३५ रन बनाउँदा अब्दुल समदले ३६ रनको योगदान दिए।

बलिङतर्फ दिल्लीका लुङ्घी निधीटी नट राजनले ३–३ विकेट लिए। यस जितसँगै दिल्लीले अंक तालिकामा महत्वपूर्ण सुरुआत गरेको छ भने लखनऊ भने पहिलो खेलमै पराजित भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया