सेन्ट पिटर्सबर्ग, १९ चैत : रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमहरूको बीचमा विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई पुनः आकार दिन मद्दत गर्न समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताउनुभएको छ।
यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापनमामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापनमा महत्त्वपूर्ण सङ्कटबिच गुज्रिरहेको छ। यसको समाधानका लागि रूससँग नयाँ प्रस्ताव रहेको छ।”
“इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल र ग्याँसको ढुवानीलाई असर गरिसकेको छ”, उहाँले भन्नु्भयो, “देश र कम्पनीहरूले गति र लागतमा मात्र होइन, यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र लचिलोपनमा पनि जोड दिइरहेका छन्।”
उहाँले भन्नुभयो, “रूसले नयाँ विश्वव्यापी रसद ढाँचा निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, जसले आर्थिक रूपमा कुशल र अन्तर्राष्ट्रिय यातायात प्रवाहलाई विविधीकरण गर्न सक्षम मार्गहरू प्रदान गर्दछ ।”
नेता पुटिनले यातायात र रसदको विकासलाई समर्थन गर्न, संयुक्त वैज्ञानिक र प्राविधिक कार्यक्रमहरू पछ्याउन र विशेषज्ञहरूलाई तालिम दिन रूसको तत्परताको पुष्टि गर्नुभयो । रासस/सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया