श्रावण १७, २०८३ आइतबार August 2, 2026

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), १९ चैतः तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ ।

आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३, भानु –९, भानु–१ र भानु –३ मा आँखा शिविर सञ्चालन गरिएको थियो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले सहयोग गरेको बताइएको छ । नेत्र विशेषज्ञ डा मारिया गौतम सहितको टोलीले आँखाको शल्यक्रिया गरेका थिए ।

भानु–२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आँखा जस्तो संवेदनशील अङ्गको उपचार समयमै हुनसकेन भने मानिसको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसवर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीहरूले सेवा लिनुभएको छ ।”

आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमै शिविर गरी शल्यक्रिया सेवा प्रदान गरेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले आफ्नै नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार