श्रावण ११, २०८३ सोमबार July 27, 2026

नव गायिका अश्मिता परियारको नयाँ गित “सुरुवात” (भिडियो) सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अश्मिता परियार । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरुको आगमन भयो तर धेरै आए कमैले सफलता पाए । तर यही भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अश्मिता परियारको ।

आधा दशकभन्दा लामो समय संगीतमा लगाव राखेकी अश्मिता ललितकला नेपाल एकेडेमीमा संगितको अध्यापन गरिरहेकी छिन् र उनले संगीता राणा प्रधान र लावणी चक्रवर्तीसंग पनि शास्त्रीय संगीत सिकिरहेकी छिन् । र, यिनै नव गायिका अश्मिता परियारको नयाँ गीत सार्वजनिक भएको छ । र गीत हो “कुन सुरुवात” ।गायिका अश्सांमिता परियारको “कुन सुरुवात’ बाट नेपाली सांगीतिक आकाशमा सांगीतिक यात्रा तय भएको छ ।

सांगीतिक करिएरमा आफ्नो पहिलो कोसिस लिएर आउनुभएको गायिका परियार गीत “कुन सुरुवात” ले रेकर्ड पश्चात सबैबाट राम्रो तारिफ पाएको थियो र यहि गीतलाई ट्रि ईन्टरटेनमेन्टको युट्ब च्यानलमामार्फत शनिबार भिडियो सहितको गीत सार्वजनिक गरिएको छ ।

शनिबार सार्वजनिक भएको गीतमा शब्द प्रतिमा श्रेष्ठको रहेको छ भने अनिल शाहीको संगित रहेको छ । संगीतकार अनिल शाही कै आफ्नै स्टुडियो ब्लु बेरी स्टुडियोमा रेकर्ड गरिएको थियो । गितको भिडियो लाई टैवा प्रोडक्सनका लागी शान थापाले र्निदेशन गरेका हुन् ।

भिडियोमा हेर्नुहोसः

https://youtu.be/FOq-rRYx_UE

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया