कार्तिक ९, २०८३ सोमबार October 26, 2026

नव गायिका अश्मिता परियारको नयाँ गित “सुरुवात” (भिडियो) सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अश्मिता परियार । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरुको आगमन भयो तर धेरै आए कमैले सफलता पाए । तर यही भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अश्मिता परियारको ।

आधा दशकभन्दा लामो समय संगीतमा लगाव राखेकी अश्मिता ललितकला नेपाल एकेडेमीमा संगितको अध्यापन गरिरहेकी छिन् र उनले संगीता राणा प्रधान र लावणी चक्रवर्तीसंग पनि शास्त्रीय संगीत सिकिरहेकी छिन् । र, यिनै नव गायिका अश्मिता परियारको नयाँ गीत सार्वजनिक भएको छ । र गीत हो “कुन सुरुवात” ।गायिका अश्सांमिता परियारको “कुन सुरुवात’ बाट नेपाली सांगीतिक आकाशमा सांगीतिक यात्रा तय भएको छ ।

सांगीतिक करिएरमा आफ्नो पहिलो कोसिस लिएर आउनुभएको गायिका परियार गीत “कुन सुरुवात” ले रेकर्ड पश्चात सबैबाट राम्रो तारिफ पाएको थियो र यहि गीतलाई ट्रि ईन्टरटेनमेन्टको युट्ब च्यानलमामार्फत शनिबार भिडियो सहितको गीत सार्वजनिक गरिएको छ ।

शनिबार सार्वजनिक भएको गीतमा शब्द प्रतिमा श्रेष्ठको रहेको छ भने अनिल शाहीको संगित रहेको छ । संगीतकार अनिल शाही कै आफ्नै स्टुडियो ब्लु बेरी स्टुडियोमा रेकर्ड गरिएको थियो । गितको भिडियो लाई टैवा प्रोडक्सनका लागी शान थापाले र्निदेशन गरेका हुन् ।

भिडियोमा हेर्नुहोसः

https://youtu.be/FOq-rRYx_UE

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार