श्रावण १७, २०८३ आइतबार August 2, 2026

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

शिविरमा एक सय ३८ जनाले ‘भिडियो एक्सरे’ तथा एक सय पाँच जनाले ‘इसिजी’ गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् ।

खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्यचौकीमा उक्त शिविर सञ्चालन गरिएको थियो । क्लबका सचिव गोविन्द कार्कीका अनुसार शिविरमा एक सय ३८ जनाले ‘भिडियो एक्सरे’ तथा एक सय पाँच जनाले ‘इसिजी’ गराएका थिए ।

त्यस्तै, मधुमेह, रक्तचाप, थाइराइड, बाथ, दम, पेट, छाती तथा मुटुरोग, महिला तथा स्त्रीरोग, हाडजोर्नी, आँखा तथा नाक, कान, घाँटीसम्बन्धी रोगको विशेषज्ञ सेवा पनि उपलब्ध गराइएको थियो ।

शिविरमा चिकित्सकहरू डा रमेश अर्याल, डा सुनिल सुनार, डा सुमन आचार्य, डा सन्तोष बस्नेत, डा विजय पाण्डे, डा आशिष भुर्तेल र डा सन्तोष पाण्डेलगायतले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै बिरामीलाई परामर्श दिएका थिए।

आयोजक संस्थाका सल्लाहकार मनोज कार्कीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै सीमित रहेकाले यस्ता शिविरले स्थानीयवासीलाई ठूलो राहत पुगेको बताए ।

“गाउँमै आएर विशेषज्ञ सेवा लिन पाउँदा बिरामीलाई समय र खर्च दुवै बचत भएको छ, यसबाट स्थानीय पनि निकै खुसी हुनुभयो”, उनले भने । शिविरमा सेवा लिनुभएकी स्थानीय महिला पुतली कार्कीले गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा लिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

“बिरामी हुँदा सामान्य जाँच गर्न पनि सदरमुकाम जानुपथ्र्यो, आज गाउँमै सबै सेवा लिन पाइयो, यस्ता प्रकारका शिविर बेलाबेलामा ल्याउनुपर्छ”, उनले भने ।

पछिल्लो समयमा जिल्लामा स्थानीय पालिका र सङ्घसंस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता प्रकारका शिविरलाई निरन्तरता दिँदै जान थालेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार