असार १०, २०८३ बुधबार June 24, 2026

इरानलाई वार्तामा ल्याउन चीनले भूमिका खेलेको ट्रम्पको दाबी

अमेरिका-इजरायल ४० दिनदेखि जारी युद्ध दुई साता रोक्न इरानसँग सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । युद्धविरामको विषयमा बोल्दै उनले चीनको पहलले इरानलाई संवादतर्फ ल्याउन सहयोग पुगेको बताएका हुन्।

एक टेलिफोन अन्तर्वार्ताका क्रममा चीनले इरानलाई युद्धविरामका लागि प्रेरित गरेको हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘हो, मैले त्यस्तो सुनेको छु’ भन्दै प्रतिक्रिया दिएका थिए । यद्यपि, यस विषयमा चीनको परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन ।

यसैबीच, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लियू पेंगयुले भने द्वन्द्व सुरु भएदेखि नै चीनले युद्ध रोक्न र युद्धविराम गराउन पहल गर्दै आएको बताएका छन् । उनका अनुसार शान्तिका लागि हुने सबै प्रयासलाई चीनले स्वागत गर्छ र सबै पक्षले संवादमार्फत मतभेद समाधान गर्नुपर्छ ।

चीनले अहिलेको अवस्थालाई अवसरका रूपमा लिएर सम्बन्धित सबै पक्षले चाँडै द्वन्द्व अन्त्य गर्ने विश्वास पनि व्यक्त गरेको छ । यसअघि सन् २०२३ मा इरान र साउदी अरेबियाबीच भएको सहमतिमा पनि चीनले महत्वपूर्ण भूमिका खेलेको थियो ।

अमेरिका-इजरायल ४० दिनदेखि जारी युद्ध दुई साता रोक्न इरानसँग सहमत भएका छन् ।यसका लागि पाकिस्तानले प्रत्यक्ष मध्यस्थता गरेको थियो । अब अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने बताइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया