असोज २५, २०८३ आइतबार October 11, 2026

नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक

मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ।

मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो। जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तोकिएको छ। यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि रु ११५ र बाहिरिँदा रु ८० तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० शुल्क तोकिएको छ।

मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार
इन्टरनेटको सेवाशुल्क बढाए दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने
२०८३ असोज २५, आइतबार