श्रावण १८, २०८३ सोमबार August 3, 2026

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

२० सामुदायिक विद्यालयका छात्रछात्राको आँखा परीक्षण गरी निःशुल्क चश्मा र औषधि वितरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २६ चैत : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ ।
चालु आर्थिक वर्षभित्रै महानगरपालिकाभित्रका २० सामुदायिक विद्यालयका छात्रछात्राको आँखा परीक्षण गरी निःशुल्क चश्मा र औषधि वितरण गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले जानकारी दिनुभयो ।
अस्पतालको ५२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमका लागि अस्पताल र महानगरपालिकाबीच सम्झौता भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको आँखा उपचार सेवामा पहुँच विस्तार र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नेपाल आँखा अस्पतालमार्फत् सामुदायिक विद्यालयका २० हजार छात्रछात्राको आँखा परीक्षणका लागि महानगरपालिकाले सम्झौता गरेको छ ।”
आगामी शैक्षिक सत्र सुरु भएसँगै सञ्चालन हुने सो कार्यक्रमका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाइएको छ । गत आर्थिक बर्षमा पनि अस्पतालले १० हजार ६६६ जना विद्यार्थीको निशुल्क आँखा परीक्षण गरी चश्मा र औषधि वितरण गरेको थियो ।
उक्त अस्पतालले गत आर्थिक २०८१÷८२ मा बहिरङ्ग र आपतकालीन् सेवासहित एक लाख ९३ हजार ७९८ बिरामीको आँखा परीक्षण गरेको थियो । सो आर्थिक वर्षमा आँखा अस्पतालले  १० हजार ६७४ जनाको आँखाको शल्यक्रिया गरेको थियो ।
नेपाल आँखा अस्पतालले आफनो सिमरा, गोकर्णेश्वर, खोकना र भच्याकमा रहेको दृष्टिकेन्द्रमार्फत् स्थानीयलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले पछिल्ला बर्षमा अस्पतालमा बिरामीको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको जनाउँदै एकै दिन ८२ वटासम्म शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।
अस्पतालले आँखा उपचारमा अन्तर्राष्ट्रिय जगतमा प्रयोग भएका नवीनतम् प्रविधि भित्र्याएको जानकारी उहाँले दिनुभयो । उपकरण व्यवस्थापनमा अस्पतालको खर्च वृद्धि भएपनि बिरामीसँग लिइने शुल्क वृद्धि नगरिएको उहाँको भनाइ छ ।
अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले देशले आँखा उपचार सेवामा गरेको लगानीबाट शिक्षा, समानता, गरिबी निवारणलगायतका क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्तिमा ठूलो योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेत्र रोग विशेषज्ञ डा प्रणव श्रेष्ठलाई वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो । त्यस अवसरमा अस्पतालद्वारा प्रकाशित वार्षिक प्रतिवेदन पुस्तिका र क्यालेण्डर विमोचन गरियो । नेपाल आँखा अस्पतालको स्थापना विसं २०३० चैत २६ गते भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार