असार १२, २०८३ शुक्रबार June 26, 2026

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, चैत २७ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज अपराह्न सवा चार बजे बस्दैछ।

संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन र धन्यवाद प्रस्ताव मुख्य विषयका रूपमा रहेका छन्।

बैठकको सुरुमा प्रधानमन्त्री वालेन्द्र शाहले २०८२ साल चैत २७ गते शुक्रबारका दिन राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति सभामा टेबुल गर्नेछन्। संयुक्त सदनमा गरिएको सो सम्बोधनको आधिकारिक दस्ताबेज राष्ट्रिय सभाको अभिलेखका लागि प्रधानमन्त्रीले प्रस्तुत गर्न लागेका हुन्।

त्यसलगत्तै, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट भएको उक्त सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिमा को–को भए निर्वाचित ? (मतसहित)
२०८३ असार १२, शुक्रबार
फिफा विश्वकप : जापान र स्वीडेन नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
२०८३ असार १२, शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२०८३ असार १२, शुक्रबार