असोज १२, २०८३ सोमबार September 28, 2026

वैदेशिक रोजगारसम्बन्धी समस्या ‘अनलाइन पोर्टल’मार्फत दर्ता गराउन आग्रह

क्षतिपूर्तिसँग सम्बन्धित निवेदन कानुनी हकवाला व्यक्तिले स्थानीय तह वा कन्सुलर विभागबाट मात्र दिन सक्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ चैत : संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको खोजतलास, उद्धार, क्षतिपूर्ति निवेदन तथा विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने प्रक्रियालगायतका समस्या समाधान गर्न कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरद्वारा केही समय अगाडि सञ्चालनमा ल्याइएको अनलाइन पोर्टलमार्फत दर्ता गराउनु अनुरोध गरेको हो ।

दूतावासले आज सूचना जारी गरेको थियो । सो सूचना अनुसार निवेदन दर्ता गर्नका लागि खोजतलास, उद्धारको हकमा खोजतलास गर्नुपर्ने व्यक्तिको राहदानी, इमिरेट्स कार्डको प्रतिलिपि, कार्यरत इमिरेट्स र कुन कम्पनीमा काम गर्ने हो सो कम्पनिको विवरण, निवेदन दिने व्यक्तिसँगको नाता र सम्पर्क नम्बर, क्षतिपूर्तिसँग सम्बन्धित निवेदन कानुनी हकवाला व्यक्तिले स्थानीय तह वा कन्सुलर विभागबाट मात्र दिन सक्ने व्यवस्था गरिएको दूवावासले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार