असोज २५, २०८३ आइतबार October 11, 2026

बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी

३५ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राँझा (बाँके), २८ चैतः बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएपछि लोपउन्मुख प्रजाति सतिसाल, साज, मौवालगायतका प्रजाति संरक्षण हुनुका साथै बहुमूल्य प्रजातिको रूपमा रहेका साल, खयर, अस्नालगायतका प्रजातिको संरक्षण भई वनको हैसियत सुध्रिदै गएको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार, बाँकेमा हाल ११९ सामुदायिक वन रहेका छन्, जसले २६ हजार ११६ हेक्टर क्षेत्रफल ओगटेका छन् । तीमध्ये ३५ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएको छ भने दुई वटा सरकारी चक्ला वन रहेका छन् ।

पछिल्लो पटक राप्तीसोनारी गाउँपालिका–१, ३ र ४ मा २७०० हेक्टर क्षेत्रफलमा भुवरभवानी चक्ला वन व्यवस्थापन गरिएको छ । यसअघि जिल्लामा दुई हजार २६८ हेक्टर क्षेत्रफलमा शमशेरगञ्ज–माथेवास चक्ला वन सञ्चालनमा रहेको सिनियर डिभिजनल वन अधिकृत गुप्ताले बताउनुभयो ।

दिगो वन व्यवस्थापन कार्यक्रम बाँकेमा ११ सामुदायिक वनबाट सुरु गरिएको थियो । तर अहिले वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम सफल हुँदै गएपछि यो कार्यक्रम विस्तार हुँदै डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।

“वनमा ‘वन सम्वद्र्धन प्रणाली’ लागू भएपछि अहिले वनको हैसियत सुध्रिनुका साथै सामुदायिक वनमा आश्रित रहेका उपभोक्ताको आयआर्जनको बलियो श्रोत बन्न थालेको छ”, सुवेदीले भन्नुभयो, “यो कार्यक्रम लागू भएसँगै समूहका उपभोक्तामा रोजगारीको सृजना भएको छ ।”

दिगो वन व्यवस्थापन कार्यक्रमको सवल पक्ष भनेको वनको पुनरउत्पादनसँगै काम गर्दा महिला पुरुषको समान ज्याला हो । सामुदायिक वनका उपभोक्ताहरुले वन व्यवस्थापनका लागि झाँडी सफाइ, बहुमूल्य प्रजातिको रूपमा रहेका साल, खयरको पुनरउत्पादन, प्रवद्र्धनका काम गर्दै आएका छन् । आम्दानी पनि हुने भएपछि उपभोक्ताले सक्रियता बढाएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत टङ्क गुरुङले बताउनुभयो ।

दिगो वन व्यवस्थापन लागु भएपछि रोजागरी सृजना भएको छ । यसले समूहको आयआर्जन तीनदेखि आठ गुणासम्म वृद्धि भएको छ । हाल कोहलपुर क्षेत्रमा रहेका सामुदायिक वन क्षेत्रमा हुँडार, चौका, गिद्धजस्ता प्रजातिको उपयुक्त बासस्थान बन्न थालेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार
इन्टरनेटको सेवाशुल्क बढाए दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने
२०८३ असोज २५, आइतबार