श्रावण १८, २०८३ सोमबार August 3, 2026

लेँक लागेर बिरामी भएका ६ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

नेपाली सेनाद्वारा निर्मित दर्शनार्थी विश्रामस्थल भवनमा तीन शय्या गरी कूल छ शय्याको उपचार केन्द्र सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङ, २८ चैत : यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा छ सय ८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म मुक्तिनाथ पुगेर हाइअल्टिच्युडका कारण लेँक लागेर बिरामी भएका छ सय ८४ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रदेश अस्पताल जोमसोमले जनाएको छ ।

समुन्द्री सतहको तीन हजार ८०० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने कतिपय पर्यटकलाई ‘हाइअल्टिच्युड’का कारण लेँक लाग्ने समस्या रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा समीक्षा कँडेलले जानकारी दिनुभयो ।

मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मुक्तिनाथ मन्दिरमा प्रदेश अस्पताल, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको सहयोग र समन्वयमा हाइअल्टिच्युड सिक्नेस उपचार केन्द्र स्थापना गरिएको डा कँडेलले बताउनुभयो । मन्दिर परिसरमा मुक्तिनाथ विकास समितिको कार्यालय रहेको भवनमा तीन शय्या र मुक्तिनाथ रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिर जाने सिँढी बाटोको मध्यभागमा नेपाली सेनाद्वारा निर्मित दर्शनार्थी विश्रामस्थल भवनमा तीन शय्या गरी कूल छ शय्याको उपचार केन्द्र सञ्चालनमा रहेका उहँले बताउनुभयो ।

डा कँडेलका अनुसार चालु वर्षको सोही अवधिमा तीन जना नेपालीसहित छ जना विदेशी पर्यटकको हाईअल्टिच्युडका कारण लेँक लागेर मृत्यु भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार