असार ११, २०८३ बिहिबार June 25, 2026

इजरायलको हितलाई प्राथमिकता दिन सकिदैन : इरान

इजरायलको हितलाई अमेरिकाले प्राथमिकता दिए कुनै सम्झौता नहुने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, २८ चैत । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन लागेको वार्तामा इजरायलको हितलाई अमेरिकाले प्राथमिकता दिए कुनै सम्झौता नहुने चेतावनी दिनुभएको छ।

“यदि हामीले ‘इजरायल प्रथम’ को पक्षमा प्रतिनिधिहरूले आवाज उठाएमा इस्लामावादमा कुनै सम्झौता हुनेछैन। हामी अनिवार्य रूपमा हाम्रो प्रतिरक्षालाई पहिलेको भन्दा अझ जोडतोडका साथ जारी राख्नेछौँ र विश्वले ठूलो मूल्य चुकाउनु पर्नेछ,“ उहाँले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेख्नुभएको छ। उहाँले थप्नुभयो, “अमेरिका र इरान दुवै पक्ष र विश्वलाई न्याय र फाइदा हुने सम्झौता सम्भव छ।”

संसदका सभामुख मोहम्मद बाकर कलिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल मध्यपूर्वमा जारी शत्रुता अन्त्यका लागि वार्ताका लागि पाकिस्तानको इस्लामाबाद आइपुगेपछि उक्त टिप्पणी आएको हो।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण गरे, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए। इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी चासोलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमणको श्रृङ्खला सुरु गरेको छ र स्ट्रेट अफ हर्मुजमाथि नियन्त्रण बलियो बनाएको छ ।

इरान र संयुक्तराज्य अमेरिकाबीच दुई साताको युद्धविराम बुधबारदेखि लागू भएको छ । इजरायलले युद्धविरामले लेबनानमा जारी द्वन्द्वलाई नसमेट्ने बताउँदै आएको छ । इजरायलले बुधबार लेबनानमा एकै दिनमा अहिलेसम्म भएको सबैभन्दा ठूलामध्ये एक आक्रमण गरेको छ, जसमा ३०० भन्दा बढीको मृत्यु भएको छ भने एक हजार १०० भन्दा बढी घाइते भएका छन् ।

शुक्रबार कलिबाफले लेबनानमा युद्धविराम गर्न र अमेरिकासँग वार्ता सुरु हुनुअघि इरानले रोकेको सम्पत्ति मुक्त गर्न माग गर्नुभएको थियो ।

यसअघि शनिबार इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले वासिङ्टन इरानको रोकिएको सम्पत्ति फिर्ता गर्न सहमत भएको र पाकिस्तानमा रहेको इरानी प्रतिनिधिमण्डलले यस विषयमा सुनिश्चित गर्न खोजेको जनाएको थियो । यद्यपि कैयौँ सञ्चारमाध्यमले नाम नखुलाइएका अमेरिकी वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचारको खण्डन गरेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
२०८३ असार ११, बिहिबार
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
२०८३ असार ११, बिहिबार