बैसाख ६, २०८३ आइतबार April 19, 2026

‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि

सातौँ संस्करणबाट समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने सत्प्रयास हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, २९ चैतः ‘कर्णाली उत्सवः कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन सुर्खेतले आयोजना गरेको हो ।

कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले कर्णालीको समग्र सवालको उठान गरी यहाँको विकास र समृद्धिमा सघाउने विशेष मञ्चका रूपमा उत्सव सञ्चालन गर्न लागिएको राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सीमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माणका गरेका पैकला (नायक)हरूको कथा, जेनजेड पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा ऊर्जा, प्रविधिको विकासबारे उत्सवमा विमर्श हुनेछ ।”

पूर्वमन्त्री तथा उत्सवका कल्पनाकार माधवप्रसाद चौलागाईँले कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा ‘कर्णाली उत्सव’ संस्थागत हुँदै गएको बताउनुभयो । उहाँका अनुसार उत्सवको सातौँ संस्करणबाट समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने सत्प्रयास हुनेछ ।

आयोजक समितिको सचिवालयको सदस्य प्रकाश लामिछानेले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १५ वटा विविधतापूर्ण मूल सत्र समावेश गरिएको र त्यसमा १० वटा सत्र हुने जानकारी दिनुभयो । त्यस्तै, कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने सङ्गीतकर्मी) र चिकित्सक डा अखण्ड उपाध्यायको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिने उहाँको भनाइ छ ।

उत्सवमा नेपाली चलचित्र इतिहासका महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’का बारेमा कुराकानी गरिने भएको छ । ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण चैत २८-३० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेटवार्ता
२०८३ बैसाख ६, आइतबार
मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
२०८३ बैसाख ६, आइतबार
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैसाख ६, आइतबार
वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
२०८३ बैसाख ६, आइतबार
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
२०८३ बैसाख ६, आइतबार
नारायण तिवारीको कथासङ्ग्रह ‘जङ्गबहादुर पनि हाँस्छ ?’ सामूहिक लोकार्पण
२०८३ बैसाख ६, आइतबार
नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा
२०८३ बैसाख ६, आइतबार