बैसाख ५, २०८३ शनिबार April 18, 2026

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन हुने किसिमका भिडियो बनाएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ।

‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन हुने किसिमका भिडियो बनाएको भन्दै पाँचथरका रोशन पोखरेल पक्राउ परेका हुन्।

फाल्गुनन्द गाउँपालिका-७ का बासिन्दा पोखरेललाई जिल्ला प्रहरी कार्यालय, पाँचथरको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार, प्रहरीको साइबर ब्यूरोको अनुसन्धान र समन्वयका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

१० दिनको म्याद थप पक्राउ परेका पोखरेललाई अदालतबाट १० दिनको म्याद थपेर हिरासतमा राखिएको छ। उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई अश्लील गाली गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी कर्णले जानकारी दिए।

पछिल्लो समय नेपालमा अभिव्यक्ति स्वतन्त्रताको नाममा युट्युब र अन्य सामाजिक सञ्जालमा बढ्दै गएको अमर्यादित सामग्रीप्रति साइबर ब्यूरोले कडा निगरानी राख्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया