श्रावण १७, २०८३ आइतबार August 2, 2026

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

खोपको मात्रा पूरा नभएकाको सङख्या ठूलो भएकाले वैशाख महिनाभर खोजी गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज (बाँके), १ वैशाखः बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८०० रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या घट्दै गएको जनाएको हो ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले खोपको मात्रा पूरा नगर्ने बालबालिकामा सबैभन्दा बढी मुस्लिम समुदायका रहेका जानकारी दिनुभयो । उहाँका अनुसार सो समुदायका ३५४ जना बालबालिकाले खोपको मात्रा पूरा गरेका छैनन् ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले १८९ मधेसी समुदायका, १२८ दलित समुदायका, ५७ जनजाति र बाँकी अन्य समुदायका रहेका जनाले खोपको मात्रा पूरा नगरेका जानकारी दिनुभयो । खोपको मात्रा पूरा नभएकाको सङख्या ठूलो भएकाले वैशाख महिनाभर खोजी गर्ने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सोह्र महिनादेखि ५९ महिनासम्मका खोप पूरा नगरेका बालबालिकालाई लक्षित गरी खोजपड्ताल अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । “नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख महिनाभर खोजेर खोप लगाउने छौँ”, जनस्वास्थ्य अधिकृत गिरीले भन्नुभयो । सरकारले वैशाखलाई खोप महिनाका रूपमा मनाउने गर्दछ । वैशाखलाई सचेतना प्रवर्द्धन महिनाका रूपमा समेत मनाइन्छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले वैशाखको दोस्रो सातालाई खोप सप्ताहका रूपमा मनाउने गरिएको बताउनुभयो । नियमित खोप लगाइँदा बालमृत्युदर घट्दो क्रममा रहेको जानकारी दिँदै उहाँले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप, गर्भवती महिलालाई खोप तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भइरसस (एभपिभी) खोप लगाइँदै आइएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार