असोज २६, २०८३ सोमबार October 12, 2026

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ वैशाख : आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो ।

व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ ।

विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
२०८३ असोज २६, सोमबार
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ
२०८३ असोज २६, सोमबार
एनएमबी बैंकको ‘लुप क्रेडिट’ र मासिक किस्ताबन्दी (ईएमआई) सेवा सुरु
२०८३ असोज २६, सोमबार
पृथ्वी राजमार्ग आज बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने
२०८३ असोज २६, सोमबार
चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टी र जनताको सेवा गर्छु : डा. सुनिल शर्मा
२०८३ असोज २६, सोमबार
प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय
२०८३ असोज २६, सोमबार
एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता
२०८३ असोज २६, सोमबार