बैसाख ५, २०८३ शनिबार April 18, 2026

गाजामा भएको इजरायली आक्रमणमा दश जनाको मृत्यु

अल–शिफा अस्पतालमा अल–शतीमा इजरायली बम विस्फोटबाट पाँच जनाको शव प्राप्त भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा सिटी, प्यालेस्टिनी क्षेत्र २ वैशाख । गाजा स्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा एक जना वच्चा सहित दश जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।

गाजामा अक्टोबर– १० देखि लागु भएको युद्धविरामको बावजुद हिंसा जारी छ भने इजरायल र हमासले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन् ।

हमास प्राधिकरण अन्तर्गत उद्धार सेवाको रूपमा सञ्चालीत नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरमा प्रहरीको गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको र अन्य धेरै घाइते भएको बताएको छ ।

विज्ञप्तिमा, गाजाको आन्तरिक मन्त्रालयलेसमेत इजरायली लडाकु विमानहरूले सहरको केन्द्रमा प्रहरीको गाडीलाई लक्षित गरी गरेको आक्रमणमा धेरै घाइते भएको बताएको छ ।

यस अघि सुरुमा उत्तरी बेत लाहिया क्षेत्रमा इजरायली गोली हानाहानमा अर्का एक जना व्यक्तिको मृत्यु भएको पनि उनले बताएको छ । सेनाले बुधबार अघिल्लो दिन ट्रकमा हमास आतङ्ककारीहरू लाई प्रहार गरेको बताएको थियो ।

एएफपी फुटेजमा प्यालेस्टिनीहरू शवको वरिपरि भेला भएको देखाइएको छ जसलाई स्ट्रेचरमा राखिएको थियो र भग्नावशेषले घेरिएको सडकबाट अन्त्येष्टिको लागि लगिएको थियो ।

नागरिक सुरक्षा एजेन्सीले गाजा सहरको अल–सती शरणार्थी शिविरको चौराहा नजिकै मङ्गलबार भएको अर्को आक्रमणमा धेरै जनाको मृत्यु भएको जनाएको छ ।

अल–शिफा अस्पतालमा अल–शतीमा इजरायली बम विस्फोटबाट पाँच जनाको शव प्राप्त भएको पुष्टि भएको छ । सेनाले भने पछिल्लो आक्रमणको बारेमा तत्काल प्रतिक्रिया दिएको छैन ।

प्यालेस्टिनी हमास आन्दोलनको सन् २०२३ अक्टोबर– ७ मा इजरायलमा सीमापार आक्रमणबाट सुरु भएको दुई वर्ष पछि अक्टोबरमा युद्धविराम भएको हो ।

युद्धविराम लागु भएदेखि गाजामा कम्तिमा ७५७ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाइएको छ । राससइजरायली सेनाले यसै अवधिमा गाजामा आफ्ना पाँच जना सैनिक मारिएको बताएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् तपाईंको आजको राशिफल
२०८३ बैसाख ५, शनिबार
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार