श्रावण १८, २०८३ सोमबार August 3, 2026

वैद्यखानाले अब ‘जिएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने

आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई जिएमपी मापदण्डमा उत्पादन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ वैशाखः सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्डमा लैजाने तयारी गरिएको छ ।

समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले चाँडै वैद्यखानाबाट उत्पादन हुने औषधि जिएमपी मापदण्डमा उत्पादन गरिने बताउनुभयो । उहाँका अनुसार यसै वर्ष शिलाजित, मिमियालगायत औषधिलाई जिएमपी मापदण्डअनुसार उत्पादन गरिनेछ । आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई जिएमपी मापदण्डमा उत्पादन गरिने उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक केसीले आफू समितिको अध्यक्ष भएर आएदेखि औषधि उत्पादन बढेको बताउनुभयो । उहाँका अनुसार १०३ प्रकारका औषधि उत्पादन गरिरहेको बताउनुभयो । “हामीले लक्ष्यभन्दा बढी औषधि उत्पादन गरिरहेका छौँ । चालु आवमा ८४ औषधि उत्पादन गर्ने लक्ष्य भए पनि हामीले १०३ प्रकारका औषधि उत्पादन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सबैको सहयोगबाट वैद्यखानामा औषधि उत्पादन बढाइएको छ ।”

आव २०८१/८२ मा ७७ औषधि उत्पादन गर्ने भने तापनि ४० प्रकारका औषधि उत्पादन गरिएको थियो । यस्तै, आव २०८०/८१ मा १४ प्रकारका, आव २०७९/२०८० र आव २०७८/२०७९ मा १५ प्रकार, आव २०७७/०७८ मा २५ प्रकारका औषधि उत्पादन भइरहेको थियो ।

कार्यकारी निर्देशक केसीले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पु-याइएको बताउनुभयो । वैद्यखानाले चालु आवमा वार्षिक ५५ हजार किलो बराबरको कच्चापदार्थबाट औषधि उत्पादन गर्दै आइरहेको छ । वैद्यखानाले हालसम्म १०१ खरिद आदेशमा सम्झौता भएर ८५ काम सम्पन्न गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार