बैसाख ५, २०८३ शनिबार April 18, 2026

इजरायल र लेबनानबीच १० दिनको युद्धविराम सहमति

युद्धविरामको सहमति भएको र सहमति बिहीबार राति करिब २: ३० बजेदेखि लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इजरायल र लेबनानबीच १० दिनको युद्धविराममा सहमति भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिनको युद्धविरामको सहमति भएको र सहमति बिहीबार राति करिब २: ३० बजेदेखि लागू हुने जानकारी दिएका छन् ।

ट्रम्पका अनुसार उनले लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छुट्टाछुट्टै वार्ता गरेपछि यस्तो सहमति जुटेको हो ।

उनले यसै साता वासिङ्टनमा दुवै देशबीच ३४ वर्षपछि पहिलोपटक प्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । उक्त वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि सहभागी थिए । ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री रुबियो तथा संयुक्त सेनाध्यक्ष समिति अध्यक्ष जनरल ड्यान केनलाई दुवै देशसँग समन्वय गर्दै दीर्घकालीन शान्ति स्थापना गर्ने दिशामा काम गर्न निर्देशन दिएको बताएका छन् । एजेन्सी

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् तपाईंको आजको राशिफल
२०८३ बैसाख ५, शनिबार
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार