बैसाख ८, २०८३ मंगलबार April 21, 2026

न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन

कमजोर जनसमर्थन र आन्तरिक दबाबका कारण आगामी चुनावअघि लक्सनका लागि राजनीतिक परीक्षा अझै बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वेलिङ्गटन, ८ वैशाख (रासस/एएफपी) : लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अन्ततः नेतृत्व जोगाउन सफल हुनुभएको छ । मङ्गलबार भएको आन्तरिक मतदानले उहाँ अझै पार्टीको विश्वासमा रहेको सन्देश दिएको छ, यद्यपि राजनीतिक चुनौती भने कायम देखिएको छ ।

केन्द्र–दक्षिणपन्थी नेसनल पार्टीका नेता लक्सनले नोभेम्बरमा हुने आम चुनावअघि पार्टीको कमजोर जनमत सर्वेक्षणका कारण नेतृत्वमाथि प्रश्न उठेपछि विश्वासको प्रस्ताव अघि सार्नुभएको थियो । करिब तीन घण्टा चलेको ककस बैठकपछि उहाँले आफूले प्रस्तावित विश्वास मत पारित भएको जानकारी दिनुभयो ।

“मैले मेरो नेतृत्वप्रति विश्वासको औपचारिक प्रस्ताव पेस गरेको थिएँ”, उहाँले भन्नुभयो, “त्यो प्रस्ताव पारित भएको छ र यसले मलाई नेताका रूपमा मेरो ककसको समर्थन रहेको पुष्टि गरेको छ ।”

यद्यपि, उहाँले कति मतले जित हासिल गर्नुभयो भन्ने खुलाउनुभएन । मतदान प्रक्रिया गोप्य राखिएको थियो र अन्तिम मत परिणाम स्वयं उहाँलाई पनि सार्वजनिक नगरिएको बताइएको छ । बैठकमा सहभागी सांसदहरूले मात्र मतदान गर्न पाएका थिए भने खराब मौसमका कारण वेलिङ्गटनतर्फका धेरै उडान रद्द हुँदा केही सदस्यहरू उपस्थित हुन सकेनन् ।

पछिल्ला महिनाहरूमा लक्सनको नेतृत्वबारे प्रश्नहरू बढिरहेका थिए । जनमत सर्वेक्षणमा उहाँको पार्टी ३० प्रतिशतभन्दा तल झरेको छ भने उहाँको व्यक्तिगत लोकप्रियता पनि घट्दो क्रममा देखिएको छ । यसै सन्दर्भमा केही सांसदहरू असन्तुष्ट रहेको र आगामी निर्वाचनमा पुनः निर्वाचित हुने सम्भावना कमजोर भएको चर्चा चलेको थियो ।

यस्ता अड्कलबाजीलाई लक्सनले ‘मिडिया सोप ओपेरा’ भन्दै अस्वीकार गर्नुभयो । उहाँले अनुमान र हल्लामा आफू संलग्न नहुने स्पष्ट पार्दै अब पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनेमा जोड दिनुभयो ।

यातायातमन्त्री क्रिस बिशपले पनि नेतृत्व परिवर्तनको सम्भावनाबारे उठेका चर्चाहरूलाई खारेज गर्दै अन्ततः लक्सनलाई समर्थन गरेको बताउनुभयो । उहाँका अनुसार पार्टीभित्र ‘राम्रो, इमानदार र बलियो’ छलफलपछि सबैजना एकजुट भएर अघि बढ्ने सहमति बनेको हो ।

अर्थमन्त्री तथा उपनेता निकोला विलिसले यो मतदानले ककसबाट स्पष्ट सन्देश गएको बताउनुभयो, यद्यपि उहाँले पनि मत परिणामबारे जानकारी नभएको स्वीकार गर्नुभयो ।

तर गठबन्धन सरकारका साझेदार तथा विदेशमन्त्री विन्स्टन पिटर्सले भने यस्तो विश्वास मतलाई ‘अहंकारी फोहोर’ को संज्ञा दिँदै आलोचना गर्नुभयो ।

यस घटनाले लक्सन तत्कालका लागि नेतृत्व सुरक्षित गर्न सफल भए पनि कमजोर जनसमर्थन र आन्तरिक दबाबका कारण आगामी चुनावअघि उहाँका लागि राजनीतिक परीक्षा अझै बाँकी रहेको सङ्केत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार
विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति
२०८३ बैसाख ८, मंगलबार
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुख समक्ष पेश (पूर्णपाठ)
२०८३ बैसाख ८, मंगलबार
सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
२०८३ बैसाख ८, मंगलबार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ
२०८३ बैसाख ८, मंगलबार
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
२०८३ बैसाख ८, मंगलबार