बैसाख ८, २०८३ मंगलबार April 21, 2026

युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने होः मन्त्री पोखरेल

दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने छ हजार ७०६ विद्यार्थी दीक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेलबारी (मोरङ), ८ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा विद्यार्थीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्नेगरी उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा उहाँले युवालाई उद्यमशीलतामा लाग्न अनुरोध गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “हामीले प्राप्त गरेको ज्ञान, सीप र विवेकको सही सदुुपयोग गर्यौँ भने मात्र हामी सबै मिलेर नेपाललाई सबल, सक्षम र समृद्धशील राष्ट्र बनाउन सक्छौँ ।”

पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको करिब तीन दशकमा नेपालको विकास र समृद्धिमा आवश्यक उल्लेख्य दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकामा धन्यवाद व्यक्त गर्दै मन्त्री पोखरेलले वर्तमान अवस्थामा नेपाल सरकारले गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा महत्त्वपूर्ण कदम चालिरहेको समेत बताउनुभयो ।

आयोजित दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने छ हजार ७०६ विद्यार्थी दीक्षित भएका हुनुभएको छ । जसमध्ये विभिन्न सङ्कायमा उत्कृष्ट अङ्क ल्याउने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेलद्वारा स्वर्ण पदकसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा विद्यार्थी संगठनहरूले गरे प्रदर्शन
२०८३ बैसाख ८, मंगलबार
टी–२० आई सिरिजमा नेपालले यूएईलाई ८ विकेटले हरायो
२०८३ बैसाख ८, मंगलबार
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
२०८३ बैसाख ८, मंगलबार
अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट
२०८३ बैसाख ८, मंगलबार
युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने होः मन्त्री पोखरेल
२०८३ बैसाख ८, मंगलबार
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार